काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सिरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सिरिजः नार्जो ५० आई र नार्जो ५० ए ल्याएको हो ।
नार्जो सार्वजनिक गर्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले भन्नुभयो, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यससँगै हाम्रो मुख्य उद्देश्य भनेकोे उपभोक्ताहरूलाई बेस्ट इन क्लास उत्पादन दिने हो र सोही क्रममा हामीले पहिलो रियलमीको नार्जो सिरिज ल्याएका छौँ ।
‘रियलमी नार्जो ५० एमा शक्तिशाली ५० एमपी ट्रिपल एआइ क्यामेरा रहेको छ । अगाडिपट्टि एआई ब्युटी, पोर्टे«ट मोड र अन्य फिचर्सयुक्त हाई डेफिनिसन आठ एमपी क्यामेराले उत्कृष्ट फोटोहरू खिच्न सक्छ, शक्तिशाली ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाई मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिने कम्पनीको दाबी छ ।
तीनवटा कार्ड स्लट भएकाले दुईवटा सिमकार्ड र एउटा मेमोरी कार्ड राख्न सकिन्छ, जुन दुई सय ५६ जिबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै नार्जो ५० आईमा पनि आठ एमपी एआई क्यामेरा रहेको छ भने पनि तीनवटा कार्ड स्लट रहेको छ ।
नार्जो ५० एको मूल्य २१ हजार एक सय ९९ रुपैयाँ र १९ हजार चार सय ९९ रूपैयाँ रहेको छ । नार्जो ५ आईको मूल्य क्रमशः १२ हजार नौ सय ९९ र १५ हजार चार सय ९९ सय रुपैयाँ रहेको छ ।