मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले बीरगंजमा रहेको नारायणी सेन्ट्रल अस्पतासँग र काठमाडौंमा विभिन्न शाखाहरु रहेको देव कर्नर ज्वेलरीसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डबाहक ग्राहकहरुले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरु जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डक्टर कन्सलटेसन्स जस्ता प्रक्रियाहरुमा १५% सम्मछुट प्राप्त गर्न सक्नेछन् ।
साथै, देव कर्नरमा पनि सम्झौतापश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विभिन्न सेवामा ३०% सम्म छुटको फाइदा लिन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि : ९८०१११००२२, कर्जा सेवाको लागि : ९८०१११००२३) आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।