२०८१ चैत्र २ शनिबार

काठमाडौ । सनराइज बैंक लिमिटेडले तनहूँ जिल्लाको भानु न.पा.वडा नं.– ०५, सेपाबगैचामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिग सेवा संख्या ८० पुगेको छ ।

बैंकले भानु न.पा. वडा नं.– ०५, सेपाबगैँचामा खोलेको शाखारहित बैंकिग सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा प्रविण राज बराल लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिग सेवा उदघाटन कार्यक्रममा भानु न.पा. वडा नं. ६ का अध्यक्ष टिकाराम हड्खलेको प्रमुख आतिथ्यता, सनराइज बैंक, गण्डकी प्रदेश प्रमुख सुजन पौडेल र भानु न.पा. वडा नं. ५ का वडा सदस्य दिपक थापाको आतिथ्यता र सनराइज बैंक डुम्रे शाखाका शाखा प्रबन्धक सन्तोष राज वाग्लेकोे सभापतित्वम तथा बैंकका अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।

सो अवसरमा बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिग सेवा सुरु गरेको बैंकले जनाएको छ । हाल सम्म बैंकले १३९ वटा शाखा, ८० वटा शाखारहित बैंकिग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय