कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा नं. १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु ग्राहक संचालनमा आएका छन्।
ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेका कार्यालयको पुनर्निर्माण सम्पन्न गरि सोमबार यस बैंकका अध्यक्ष सुदीप आचार्यले उद्घाटन गरे।
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।