
काठमाडौं । शाओमीले फ्ल्याग्सिप फोन पोको एफ ३ जीटी र मी टिभीमा पाँच हजार रुपैयाँ छुट प्रदान गरेको छ । एन्ड्रोइडमा चल्ने टिभीमा रेकमेन्डेसन सिस्टमका साथै हाल चलनचल्तीमा रहेका सबै स्ट्रिमिङ प्ल्याट्फर्मलार्ई सपोर्ट गर्ने कम्पनीको दाबी छ ।
३२ इन्चको ठूलो स्क्रिन भए पनि तौल चार केजीमात्रै रहेकाले सानो ठाउँमा पनि अटाउन सक्ने कम्पनीले जनाएको छ ।
पुरानो मूल्य ५६ हजार नौ सय ९९ रहेको पोको एफ ३ जीटीलाई कम्पनीले ५१ हजार नौ सय ९९ मा ३४ हजार नौ सय ९९ को मी टिभी २९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । पोको एफ ३ जीटीमा एक वर्षको बिमा सुविधासमेत रहेको छ ।