काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा चालू आर्थिक वर्षको पहलो तीन महिनामा १ खर्ब १९ अर्ब ३५ करोड लगानीमा रहेको छ । केन्द्रीय बैंकका अनुसार २०७८ असोज मसान्तसम्ममा १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ९८ अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८१ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ३२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ असोज मसान्तसम्ममा१ अर्ब ५ करोड स्वीकृत भएको छ ।