काठमाडौ । शिवम् सिमेन्टले ५ लाख रुपैया सम्मको दुर्घटना वीमा योजना संचालनमा ल्याएको छ । सोही सन्दर्भवमा शिबमले देशका विभिन्न स्थानमा निर्माणकर्मीसँग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ । साथै हरेक सहभागी निर्माणकर्मीको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरिएको कम्पनीले जनँएको छ । बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकमी हरेक दिन जोखिमपूर्ण कार्यलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको जनाएको छ ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवमले सहभागी हरेक निर्माणकर्मीका लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
पहिलो चरणअन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया गरेको छ । उनीहरुको जोखिम बीमा समेत गराई सकेको कम्पनीले बताएको छ ।
कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको पनि जनाइएको छ ।