२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताएको छ। मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरिएको सिटिजन्स बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११२ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय