२०८१ माघ २९ मंगलवार

काठमाडौं। सहुलियतपूर्ण कर्जाको लागि प्रवाह भएको ऋणमा ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ अनुदान गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, विभिन्न १० शीर्षकका कर्जामा अनुदान गएको हो।

यो अनुदान सरकारले उपलब्ध गराउँछ। राष्ट्र बैंकले उपलब्ध गराएको असोजसम्मको विवरण अनुसार, २ खर्ब ३१ अर्ब ४३ करोड कर्जा स्वीकृत भएको छ। लगानी भने एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ भइसकेको छ।

सरकारले महिलाबाहेक सबै शीर्षकको ऋणमा ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँछ। महिलामा भने ६ प्रतिशत अनुदान उपलब्ध गराउँछ।

ब्यवसायिक कृषि तथा पशुपन्छीमा एक खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ। यमध्ये बिना धितोमा २ अर्ब ७१ करोड गएको छ। धितो सहितमा एक खर्ब २४ अर्ब रुपैयाँ गएको छ।

शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड ७८ लाख रुपैयाँ गएको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जा ७६ करोड ४२ लाख रुपैयाँ गएको छ।

महिला उद्यमशील कर्जा ७६ अर्ब २८ करोड रुपैयाँ गएको छ। दलितलाई ७३ करोड ९४ लाख, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ४५ करोड ८२ लाख रुपैयाँ गएको छ।

भुकम्प पीडितलाई सात करोड ५५ लाख रुपैयाँ गएको छ। कपडा उद्योगलाई ४ अर्ब ११ करोड गएको छ भने प्राविधिक तथा ब्यवसायिक तलिम परिषद्बाट लिइने तालिमेलाई ४ लाख र युव वर्ग स्वरोजगार कर्जा ८३ लाख रुपैयाँ स्वीकृत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय