२०८१ मंसिर २४ सोमबार

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रोफेसर मोहम्मद रमजान अली मियाँद्वारा लिखित “मैले देखेको कतार“ एक कार्यक्रमबीच द्वारा लोकार्पण गर्नु भएको छ ।
उपराष्ट्रपति भवन लैनचौरको सभाहलमा आयोजित एक कार्यक्रममा मैले देखेको कतार उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण गर्नु भएको हो ।

पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताउनु भयो । आफ्ना नेपालीहरुले निर्माण गरेको आघुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकमा उजागर गरेको समेत बताउनु भयो।

मुस्लिम आयोगका माननीय अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्क मार्फत अन्याय र पिडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे। मियाँ त्यहाँ नेपाली समाज प्रतिनिधि र अरबी भासाको बिज्ञाका रुपमा परिचित छन।पुर्व मन्त्री एवं संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल कतार मैत्रीपुर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताउनु भयो।कुटनैतिक क्षेत्रमा समेत तरङ्ग ल्याउने यस पुस्तकले कतार बुझ्न चाहने सबैलाई सहयोग गर्ने बताउनु भयो।


मुस्लिम अगुवा ताज मोहम्मद मियाले लेखक रमजान समाजको लागि मात्र नभइ राष्ट्रकै लागि गौरवान्वित ब्यक्ती भएको बताए। कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र कतारमा श्रम गरिरहेका नेपाली अनि नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर तथा साझेदार भएको हुनाले नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए।

पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाले बताए। मियाँले कतारको निर्माणमा ज्यान गुमाएका परिवारलाइ कतारले उचित ब्यवस्थाको जोहो गर्नु पर्ने बताए। बिश्वमा जलवायु परिवर्तन एक जटिल समस्याको रूपमा देखिएको परिप्रेक्ष्यमा कतारले बिश्वकप पुर्व १० लाख रुख रोप्ने प्रतिबद्धता गरेर बिश्वलाई फरक सन्देश दिन खोजेको स्मरण गरे।बिश्वको तापक्रम दिनानुदिन बढ्नु सबैको लागि घातक हो र कतार मानवको लागि मात्र नभइ प्राकृतिकको पनि मित्र रहेछ भने लेखकले।

“नेपालमा धेरै छ तर केही नभएको जस्तो छ, जलश्रोतमा दोस्रो धनी देश तर यहीँ खानेपानीको हाहाकार छ । कतारमा थोरै छ तर त्यहाँ सबै कुरा पुगेको छ; समृद्ध भएको छ ।“ कतारको समृद्धिका कारणहरू केलाउँदा नेपालको समृद्धिका बाटाहरू खोल्ने प्रयत्न भएको छ । यसरी लेखकले नेपालको विश्व हेर्ने आँखा खोलिदिएका छन् । नयाँ सम्भावनाहरूको खोजीमा लेखकको कलम सलल बगेको छ ।

लेखक भन्छन्, “नेपालले कतार बनायो, अब कतारको पालो नेपाल बनाउने“ । यही मूल वैचारिक पक्ष रहेको छ पुस्तकको जसले नेपाल–कतार मात्र होइन नेपाल र मध्यपूर्वका राष्ट्रहरूबीचको कुटनीतिक अबस्थालाई नयाँ ढंगले पुनर्विचार गर्न एउटा नौलो सोच दिएको छ ।यस पुस्तकले कतारी मन र नेपाली मनलाइ जोड्नेछ।बिस्तृत कतार यस पुस्तकमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय