२०८१ माघ २७ आईतवार

नेपालमा सहकारी अभियानको सुरुवात भएको सात दशक बितिसकेको छ । यस अभियानले नेपालको हरेक ठाउमा बसोबास गर्ने मानिसहरूको आर्थिक लगायत अन्य पक्षहरूमा सबलता ल्याएको छ । यसले नेपालको ग्रामीण भूभागहरूमा आफ्नो पहुँच पु¥याएर नेपालीहरूको जीवनस्तर सुधारमा सहयोग गरेको छ । नेपाल सरकारको संबिधानले नै सहकारी क्षेत्रलाई समग्र अर्थतन्त्र कै तेस्रो खम्बाको रूपमा स्थापित गरेको छ । सहकारी विभागको अनुसार नेपाल अधिराज्य भरीमा ३५ हजार भन्दा बढी सहकारीहरू दर्ता भई सञ्चालनमा रहेका छन । यी सहकारीहरूले ६० हजार भन्दा बढ़ी व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारीमा सामेल गराएको छ भने ५० लाख भन्दा बढ़ी मानिसहरूले सहकारी संस्थाहरूबाट सेवा उपभोग गरिरहेका छन । नेपालमा सहकारीहरूको माध्यमबाट देशको पर्यटन क्षेत्र विकास, विभिन्न पूर्वाधारहरूको निर्माण, निरपेक्ष गरीबी उन्मूलन, अशिक्षा, र बेरोजगारीको अन्त्य, कृषि उत्पादनमा वृद्धी गर्ने लक्ष्य सरकारले लिएको छ ।

नेपाल सरकारको संबिधानले नै सहकारी क्षेत्रलाई समग्र अर्थतन्त्र कै तेस्रो खम्बाको रूपमा स्थापित गरेको छ । सहकारी विभागको अनुसार नेपाल अधिराज्य भरीमा ३५ हजार भन्दा बढी सहकारीहरू दर्ता भई सञ्चालनमा रहेका छन । यी सहकारीहरूले ६० हजार भन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारीमा सामेल गराएको छ भने ५० लाखभन्दा बढी मानिसले सहकारी संस्थाहरूबाट सेवा उपभोग गरिरहेका छन ।

सहकारी क्षेत्रमा अहिलेसम्म खासै ठूलो प्रविधिको विकास भएको छैन तापनी आजको समय सम्म आईपुग्दा सम्म सहकारी क्षेत्रमा विभिन्न परिवर्तनहरू देखिएको छ । आजको बिज्ञानको युगमा सहकारी क्षेत्रमा पनि प्रविधिको प्रभाव दिन प्रतिदिन बढ्दै गईरहेको छ । राष्ट्रको सबै स्थानीय तहहरूमा बैंकिङ सेवा पुग्दै गरेको अवस्था भएकोले सहकारी क्षेत्रमा भन्दा वित्तीय क्षेत्रमा भन्दा पनि सहकारी क्षेत्रमा टेक्नोलोजीको आवश्यकता एकदम धेरै छ । सहकारी क्षेत्रमा बढ्दै गएको सूचना प्रविधिको प्रयोगले सहकारी संघ तथा संस्थाहरूको आर्थिक तथा गैरआर्थिक दुबै कारोवारहरू सञ्चालनमा टेवा पुगेको छ । यसले सहकारी सञ्चालनमा लाग्ने समय खर्चलाई समेत कम गरेको छ । आज भोली सहकारी क्षेत्रहरू इन्टरनेट, वालेट, एटीएम, वेबसाइट, सामजिक संजाल, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोड आदि जस्ता प्रविधिहरूलाई आत्मसाथ गर्दै अघि बढ़ीरहेको अवस्था छ ।

डिजिटलाइजेशन शब्द वर्तमान समयमा कुनै नौलो कुरा होइन । यो समय नै सुचना र प्रविधिको समय भएको कारणले डिजिटलाइजेशन शब्द हरेक क्षेत्रमा जस्तै सहकारी क्षेत्रमा पनी अभिन्न अंग बनेको छ । सामान्य भाषामा भन्नुपर्दा परम्परागत शैलीको कागजपत्र प्रयोग गरी गरिने कार्यहरूलाई कागजपत्रको सट्टामा कम्प्युटरको माध्यम प्रयोग गरी गरिने कार्य हो भनेर पनी बुझ्न सकिन्छ । बिशेष रूपमा भन्ने नै हो भने कुनै पनि वित्तीय क्षेत्रमा डिजिटलाइजेशनले वित्तीय क्षेत्रको लेखा प्रणालीलाई बुझाउँछ । यो प्रक्रिया भन्नालेः डिजिटलाइजेशनले सहकारी संस्थाको वित्तीय क्रियाकलाप र गतिविधिहरूलाई सहज र सरलका साथै सुरक्षित पनि बनाउन मद्दत गर्दछ । त्यसकारण सहकारी संस्थाहरूको विवरणहरू भएको परम्परागत शैलीमा प्रयोग गरिने गरेको कागजपत्र हराउने, च्यातिने, भनेको समयमा नभेटिने लगायतका समस्याहरू समाधानको मुख्य कारक तत्व नै डिजिटलाइजेशन बनेको छ । आजको दिनमा सहकारी संस्थाहरूमा डिजिटलाइजेशनले ठूलो महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपाली सहकारीहरूले नीतिगत रूपमा डिजिटल प्लाटफर्म पाए पनि यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा ज्ञानको कमी छ । सहकारी क्षेत्रमा प्रविधि सम्बन्धी दक्ष कर्मचारी नहुँदा सहकारीहरूले प्रविधिको प्रयोग गर्न सकिरहेका छैनन् । यस क्षेत्रमा सूचना प्रविधि सम्बन्धी ज्ञान भएका संस्थाहरू कमनै रहेका छन साथै अधिकांश डिजिटल प्रविधि सम्बन्धी जानकारी नभएका प्रयोगर्ताहरू पनी रहेका छन । सहकारी संस्थाहरूको तुलनामा बैंकहरूमा बढी सुविधा देखेपछि मानिसहरूको आकर्षण वाणिज्य बैंकतिर जान सक्छ । यसकारणले सहकारी संस्थाहरूले आफ्नो सदस्यहरूलाई पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ । यसरी सहकारी क्षेत्रहरूमा दिन प्रतिदिन प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा जोखिम पनी बढ्दै गएको छ । यसरी यी कुराहरूमा सहकारी संस्थाहरूले ध्यान नदिएको खण्डमा यसले ठूलो जोखिम निम्त्याऊन सक्छ । यस प्रकारको सुरक्षालाई साइबर सुरक्षा भनिन्छ । यस्ता जोखिमहरूलाई सहकारी संस्थाहरूले खासै ध्यान दिने गरेको देखिदैन ।

नेपालमा सञ्चालनमा रहेका प्राय सहकारीहरूलाई त यसको जोखिम बारे जानकारी नै हुदैन तथा कतिपय सहकारीहरूलाई यी जोखिम बारे जानकारी भएता पनी यसको निराकरण तर्फ उन्मुख नभई हेरौ न के होला र ? भन्ने अवस्थामा रहेका छन । तर यसले भबिस्यमा ठूलो समस्या ल्याउन सक्छ । सहकारी संस्थाहरूको यो विषयमा यस प्रकारको बेवास्ताले गर्दा संस्थाको कारोवारमा मात्र प्रभाव नभई संस्थाको प्रतिष्ठामा समेत आच आउन सक्ने संभावना बढी रहन्छ । यसले गर्दा प्रविधिलाई अंगाल्ने सहकारीहरूको गतिविधिहरू धरासायी बन्दै गएको छ । त्यस कारण साईबर सुरक्षा सम्बन्धी कुराहरूलाई सहकारी संघ÷संस्थाहरूले प्रविधिको प्रयोग गर्दा सचेत भई प्रयोग गर्नुपर्दछ जसले भबिस्यमा आउन सक्ने समस्याहरूबाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न सकिन्छ ।

बजारमा अन्य वित्तीय संस्थाहरूले आफूलाई प्रविधिमैत्री बनाउँदै लागिरहेको अवस्थामा सहकारी संस्थाहरूले पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ । नेपालमा भित्रिएका प्रविधिहरू, तिनिहरूलाई प्रयोगमा ल्याउने तरिका लगायतका विषयमा जनचेतना जगाउन सकियो भने मात्रै यसको प्रयोगतर्फ जनचासो बढ्न जान्छ । जतिसुकै नयाँ प्रविधिहरू भित्रिए पनि प्रयोग कर्ता नभएसम्म त्यसको औचित्य रहँदैन । त्यसैले, प्रविधिको विकाससँगै सर्वसाधारणलाई यस विषयमा जानकार पनि गराउनुपर्छ । त्यससैले आफ्नो सदस्यहरूलाई स्थायित्व कायम गर्नको लागि पनि सहकारी क्षेत्रलाई डिजिटलमा लैजानु आवश्यक छ ।

यसरी सहकारी क्षेत्रमा प्रयोग गरिने प्रविधिहरूबारेको जानकारी सबै सहकारीकर्मीहरूमा पनी हुनु नितान्त आवश्यक हुन्छ । यस क्षेत्रमा प्रयोग हुने प्रविधिको ज्ञान सहकारी क्षेत्रमा मात्र सिमित नगरी यसका सदस्यहरू माझ पनी पस्किनुपर्ने अवस्था देखिन्छ । दिन प्रति दिन सहकारी क्षेत्रको प्राविधिक पक्षहरूमा जोखिमहरू बढ्दै गएको छ । यसकारण सहकारी क्षेत्रमा प्रविधिको प्रयोग गर्दा सुरक्षित तरीकाले पूर्ण रूपमा अध्ययन अनुसन्धान तथा विश्लेषण गरी गर्नुपर्दछ । समय समयमा प्रविधिमा आउने परिवर्तनहरूलाई समेत आत्मसात गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय