२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल निर्धारण गर्ने युनिटको स्ल्यावलाई परिवर्तन गर्दै निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । विद्युत प्राधिकरणले हाल विद्यमान रहेको ९ स्ल्यावलाई घटाएर ६ स्ल्याव बनाइएको हो ।

आयोगले मंसिरदेखि लागू हुनेगरि विद्युतको ५ एम्पियर लाइनका सबै स्ल्यावको नयाँ महशुलदर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दरलाई नै आयोगले नयाँ स्ल्याव र महशुल निर्धारण गरेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू आयोगले जानकारी दिएको छ ।

नयाँ विद्युतदर अनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मिटर रिडिङ चार्ज बाफत शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।

सिंगल फेजबाट विद्युत लिएर ३१ देखि ५० युनिट विद्युत खपत गर्ने ग्राहकले न्यूनतम ५० रुपैयाँ लाग्ने छ । भने ५१ देखि १०० युनिट विद्युत खपत गर्नेले न्युनतम ७५ रुपैयाँ मात्र शुल्क तिर्नु पर्ने छ । त्यस्तै, १०१ देखि १५० युनिट विद्युत खपत गर्ने ग्राहकले १०० रुपैयाँ शुल्क तिर्नु पर्ने भएको छ ।

त्यस्तै, १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई न्यूनतम १२५ रुपैयाँ र इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको आयोगले जनाएको छ । यसभन्दा पहिला यी ग्राहकले इनर्जी शुल्क १० रुपैयाँ तिर्ने गरेका थिए ।

त्यसैगरि, ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताले न्यूनतम १७५ रुपैयाँ र इनर्जी शुल्कमा प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको छ । यसभन्दा पहिला यी ग्राहकले १२ रुपैयाँ इनर्जी शुल्क तिर्दै आएका थिए ।

५ एम्पियरभन्दा माथिका लाइन प्रयोग गर्ने सबै ग्राहकका लागि भने पुरानै शुल्क रहेको छ । थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको आयोगले जनाएको छ ।

मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय