२०८१ मंसिर २३ आईतवार

काठमाडौं । सरकारले १० दिनमै १ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरेको छ। असोज ८ गतेदेखि १७ गतेसम्म सरकारले सो बराबरको खर्च गरेको हो।

सरकारले सरकारी कर्मचारीहरुलाई दसैंमा खाइपाइ आएको सेवा सुविधा बराबर बोनस रकम हाल्ने गर्दछ। यो पटक सरकारले प्रत्येक कर्मचारीको सोलोडोलो २ हजारको दरले तलब बढाएको छ।

यसले दसैंअघि साबिकको महिनाभन्दा दोब्बर तलब भुक्तानी गरेको छ। यो पटक २० अर्ब रुपैयाँ तलब भत्तामा खर्च भएको छ।

यसैगरी पेन्सन बुझ्नेहरुको लागि पनि यो महिना दोब्बर रकम दिने गर्दछ। यो महिना सरकारले पेन्सन शीर्षकमा १२ अर्ब खर्च गरेको छ।

यस्तै प्रदेश र स्थानीय तहको खातामा जाने वित्तीय हस्तान्तरण वापतको रकम पनि धमाधम भुक्तानी हुँदा सरकारको खर्चको रफ्तार ह्वात्तै बढेर गएको छ।

सरकारले असोज ७ गते भुक्तानी अधिकार पाएसँगै धमाधम दैनिक १० अर्बको दरले खर्च गरिरहेको छ। सरकारको ढुकुटीमा १ खर्बभन्दा बढी रकम थुप्रिदा चरम तरलताको अभाव भएको थियो।

सरकारले धमाधाम खर्च गर्न थालेपछि अहिले केही तरलता सहज भएको छ। अर्थमन्त्रालयले असोज महिनाको भुक्तानी असोज २२ गतेसम्म सक्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय