काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमनलाई तीव्रता दिएको छ ।
चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने र मूल्य वृद्धि समेत हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
हाल दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मितिमा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाँईले जानकारी दिनुभयो ।
उहाँले सरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्याङ्कअनुसार चाडबाडको लागि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरूको पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताउनु भयो ।
विभागले चाडपर्व सुरु भएसँगै दैनिक छ समूहबाट काठमाडौँको बजार अनुगमन भइरहेको जनाएको छ ।