२०८१ चैत्र ५ मंगलवार

काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुकोमहान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ ।शपिङ्गमलमाआउने ग्राहकहरुलाई सुविधाप्रदानगर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजनाल्याएको हो ।

किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामादायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुनपाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

शपिङ्गमलमाआउने ग्राहकलाई डेल्लीलक्की ड्र, शपिङ्गभौचरका साथैविक्लीलक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ ।
लक्की ड्रको कुपनमार्फत विजेताकालागिचितवन, पोखरा लगायतका ठाउँमा रहेकोहोटलमा खाने बस्नेव्यवस्थाप्रदानगरिने छ ।

यस बाहेक सिटी सेन्टरमा रहेकाव्यवसायीहरुले यस पावनअवसरमा ५० प्रतिशतसम्मको छुट,बाइवान गेट वानफ्रिलगायतकाअन्यआकर्षक छुट तथा योजनाहरुसमेत प्रदानगर्नेछन् ।

विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामाजोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टरपुनः सञ्चालनमाल्याएको हो ।

यसैअवसरमा नेपाल चेम्बर अफकमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशीउत्पनदनको मेला समेत सुरु भएको छ ।
असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका३ वटैफिल्महलपुनः संचालनमाआउनेसिटी सेन्टरले जनाएको छ ।

चाडपर्व लक्षितमलको योजनाएवंफिल्महल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापनविश्वस्त रहेको छ ।
यो योजना २४ कार्तिक, छठ पर्वसम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय