२०८१ माघ २५ शुक्रबार

काठमाडौं। राष्ट्रपतिबाट बजेट प्रमाणीकरण भएपछि सरकारले २५ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले गरेको खर्चसँगै बैंक निक्षेपमा थोरै सुधार भएको छ, तर तरलता अभाव भने हट्न सकेको छैन।

सोमबार सरकारले एकैदिन १४ अर्ब बढी भुक्तानी दिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आर्थिक बर्ष (सोमबारसम्म) कुल खर्च १ खर्ब १४ अर्ब खर्च गरेको छ।

सरकारले खर्च गर्ने कानुनी आधार प्राप्त गरेसँगै ५ दिनमै २५ अर्ब भन्दा धेरै रकम खर्च गरेको छ। यो रकम सरकारको तलब, भत्ता, सामाजिक सुरक्षा भत्ता लगायत वितरण गरेको हो। यसैगरी स्थानीय तहमा जाने अन्तशुलक्ल मूल्य अभिवृद्धि कर शिर्षकमा असुल हुने करको १५ प्रतिशतले हुन आउने ९ अर्ब भन्दा बढी रकम हस्तान्तरण गरिसकेको छ।

सरकारले विकास निर्माणका लागि भनेर ठेकेदारहरुलाई पनि काम गरेबापतको रकम भुक्तानी गर्न थालेको छ।

सरकारको सबैखाले प्राप्ति २ खर्ब ९ करोड पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले सोमबार सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर पुँजीगत खर्च बढाउने उपायका बारेमा छलफल गरेका छन्। सरकारले खर्च बढाए पनि अझै एक खर्ब रुपैयाँ बचतमै छ।

अर्थमन्त्रीले बजेट मार्फत प्रत्येक महिना १० प्रतिशतका दरले खर्च गर्ने घोषणा गरेका छन्। तर त्यस अनुसार काम भने हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय