काठमाडौं । नेपालमा केन्ट उत्पादनको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको इओएल प्रालिले दशैं र तिहार योजना ल्याएको छ ।
भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहितको योजनाअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सिजीको चपर उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
केन्टका अन्य उत्पादनमा एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण/डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।