
काठमाडाैँ । मध्यबानेश्वरस्थित केएफए बिजनेस स्कुलले बीसीएस-आईटी नामक नयाँ काेर्स-कार्यक्रम घोषणा गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्षदेखिको अनुभव रहेको केएफएले विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको बताएकाे छ ।
“भिजन बियोंड द बक्स” भन्ने नारालाई आत्मसात गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल साबित गरेको केएफए ले शैक्षिक क्षेत्रअन्तर्गत एमबीए प्लस र बीएचएम कार्यक्रम संचालन गर्दै आईरहेको छ । यस संस्थाले लिंकन विश्वबिद्यालय अन्तर्गत ९ स्तम्भसहितको नयाँ बीसीएस-आईटी कार्यक्रम नेपालमै पहिलोपटक ल्याएको बताएको छ ।
विभिन्न आईटी वा कर्पोरेट कम्पनीहरुसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यावहारिक ज्ञानका लागि एकैपटक दुई प्राध्यापकको नीति, विद्यार्थीहरुलाई सर्टिफ़ाइएड आईटी तालिम, व्यवस्थापनसम्बन्धी विभिन्न क्र्यास कोर्षहरु, विभिन्न व्यावसायिक सीप विकाससम्बन्धी तालिम, जागिरको अवसर वृद्धिका लागि व्यवस्था, आईटीसम्बन्धी विकासका लागि चिरपरिचित व्यक्तित्वसँगको आईटी बहस जस्ता ९ स्तम्भीय बीसीएस-आईटी कार्यक्रम ल्याइएकाे हाे ।
यस कार्यक्रमले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीमा आईटीसम्बन्धी काम गर्न सक्षम बनाउने विश्वास केएफले लिएको छ । नेटवर्किंगका साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ ।
संस्थाले प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस विषयको माग र सम्भाव्यतासम्बन्धी जानकारी दिन नि:शुल्क सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ ।