२०८१ माघ २७ आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा सरकारको राजस्व आम्दानी १ खर्ब ६८ अर्बभन्दा बढी रहेको छ ।

महालेखा नियन्त्रककको कार्यालयका अनुसार सो अवधिमा सरकारको कुल राजस्व संकलन १ खर्ब ६८ करोड ५७ करोड ७६ लाख रुपैयाँ रहेको छ, जुन वार्षिक लक्ष्यको १४.६४ प्रतिशत हो ।

सो अवधिमा कर राजस्व मात्रै १ खर्ब ४८ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यो करतर्फको वार्षिक लक्ष्यको १४.३१ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले कर राजस्व संकलनको लक्ष्य १० खर्ब ३८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सोही अवधिमा गैरकर राजस्व संकलनमा १७.६५ प्रतिशतको प्रगति भएको छ ।

चालू आर्थिक वर्षमा गैरकर राजस्व संकलनको लक्ष्य १ खर्ब १३ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रहेकोमा आवको पहिलो २ महिनामा २० अर्ब १ करोड ७६ लाख रुपैयाँ असुली भएको महालेखाको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय