२०८१ मंसिर २२ शनिबार

काठमाडौँ । वाणिज्य बैङ्कहरूमा बिस्तारै निक्षेप सङ्कलनको दर बढ्न थालेको देखिएको छ । चालु आर्थिक वर्ष लागेदेखि नै खासै बढ्न नसकेको निक्षेप सङ्कलन भदौपछि बिस्तारै बढ्न थालेको देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत साता बैङ्कहरूको निक्षेप सङ्कलन २६ अर्ब रुपैयाँले बढेको छ । भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप सङ्कलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो ।

भदौको तेस्रो साता ४ अर्ब बढेको निक्षेप चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो अन्तिम साता २६ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेप सङ्कलन मात्रै होइन कर्जा लगानी पनि बढ्दो क्रममा देखिन्छ । भदौ अन्तिम साता मात्रै बैङ्कहरूले २८ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।

तथ्याङ्क अनुसार भदौ ३१ गतेसम्ममा वाणिज्य बैङ्कहरूले ४१ खर्ब ७१ अर्ब निक्षेप सङ्कलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय