२०८१ माघ २ बुधबार

काठमाडौं । सार्वजनिक यातायात भरपर्दो र सर्वसुलभ नहुँदा शहर बजारमा मात्र हैन, गाउँघरमा पनि मोटर साइकल अत्यावश्यक साधन बनिसकेकोछ । तर मध्यम वर्गका नेपालीको आवश्यकता बन्दै गएको दुई पाङ्ग्रे सवारी साधनमा वर्तमान सरकारले अन्तःशुल्क मात्रै होइन सडक दस्तुर समेत बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क ४० प्रतिशतबाट बढाएर ५० पुर्‍याउनुभएको छ । सडक दस्तुर समेत प्रत्येक मोटरसाइकलमा १५ हजारदेखि ५० हजारसम्म पुर्‍याइएको छ । यसले गर्दा मोटरसाइकल चढ्नेलाई मार परेको छ ।

देशमा वर्षैपिच्छे सवारी साधन बढ्दै गएका छन् । अझ नेपाल भित्रिने मोटर साइकलको संख्या त दिन दुई गुणा रात चौ गुणा बढिरहेको छ । मध्यम वर्गीय उपभोक्ताको बाध्यतालाई आफनो आय स्रोत बनाउँदै आएको सरकारकै कारण नागरिक मारमा परेका छन् ।

चाडपर्वका बेला नयाँ सवारी साधन किनबेचको सिजन हो । यही सिजनको मुखमा सरकारले अन्तःशुल्क र सडक दस्तुर बढाएपछि मोटरसाइकलको मूल्य झन्डै १५ प्रतिशत बढेको छ । यसले उपभोक्ता महँगोमा परेका छन् ।

सरकारले अहिले मोटरसाइकल भन्सार कर ३० प्रतिशत, अन्तशुल्क ५० प्रतिशत, मूल्य अभिवृद्धिकर १३ प्रतिशत उठाउँदै आएको छ । यस्तै सडक दस्तुर भनेर बाइकको सिसी अनुसार प्रत्येक मोटर साइकलसँग १५ हजारभन्दा बढी कर उठाउँदै आएको छ । यो सबै जोड्दा १ सय २० प्रतिशत भन्दा बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय