
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुईथान कम्प्युटर हस्तान्तरण गरेको छ ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एकलाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो ।
बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीमबहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका छन् । सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।