२०८१ माघ ८ मंगलवार

काठमाडौं – हिजोबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ । अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन् ।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना आजबाट सुरु भएको छ । त्यस अन्तरगत सुपरिवेक्षकहरुले सर्वसाधारणका घर घरमा पुगेर घर तथा घरपरिवार सूचीकरणको काम आजबाट सुरु गरेका छन् ।

सुपरिवेक्षकहरुले घर तथा घरपरिवार सुचिकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने र सामुदायिक प्रश्नावली भर्ने काम गर्ने छन् ।

फारममा घर संख्या, ती घरको प्रयोग अन्तरगत आवासिय घर वा गैर आवासिय घरको विवरण संकलन गर्ने छन् । त्यसमा व्यापार, व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग कल कारखाना, बैंक तथा वितिय सस्था, सस्थागत होटल तथा लज धनसार लगाएतको विवरण समेत राखिने छ ।

त्यसैगरी महिला पुरुष तथा अन्य लिङ्गीको संख्या, परिवारका सदस्यको पेशा, प्राविधिक पक्ष, अनुदानबाट बनाएका घर, तथा त्यसको अबस्थाका बारेमा समेत विवरण संकलन गर्नेछन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ । उनीहरु देशभर करिब ७० लाख घर परिवारमा पुग्नेछन् । घर तथा घरपरिवार सुचिकरण आजबाट सुरु भएर असोज १८ गते अर्थात २० दिन सम्म सञ्चालन हुनेछ ।

विभागले यसरी संकलन गरेका विवरण गोप्य राखिने भन्दै जनगणनाको लागि सहयोग गरिदिन सम्पूर्णमा अपिल समेत गरेको छ ।

नेपालमा जनगणना सुरु भएको एक सय १० बर्ष पूरा भएको छ । यसपाली हुने १२ औं जनगणना आगामी कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय