२०८१ पुष २९ सोमबार

काठमाडौं। कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लागू भएपछि चर्किएको तरलता अभावसँगै बैकहरुको छटपटी बढ्न थालेको छ। बैंकहरुले मंगलबार मात्रै राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा बापत १५ अर्ब ३७ करोड रुपैयाँ चलाएका छन्।

उनीहरुले दिनभरीमा ९ वटा कारोबार गरेका छन्। चालु बर्ष मात्रै ३ खर्ब ३१ अर्ब ३१ करोड रुफैयाँ बारबरको सुविधा लिइसकेका छन्। यसको ब्याज दर ५ प्रतिशत हुन्छ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत सीसीडी खारेज गरेर सीडी रेसियो कायम गरेको छ। यद्यपी यसमा पुनर्कर्जा र बिदेशबाट ल्याएको ऋण जोड्न पाइन्छ। बैंकका सेयरधनीको कोष राख्न पाइँदैन।

सेयरधनीको पैसा गणना नहुने भएपछि बैंकहरुको २०० अर्ब रुपैयाँ बराबर ऋण दिने क्षमता घटेको छ। ऋण बिस्तार गर्न अनिवार्य रुपमा निक्षेप बढाउनै पर्ने अवस्था छ। सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्छ। यही कारण अहिले बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्थासमेत सुरु भइसकेको छ।

एउटा बैंकको निक्षेप अर्कोले खोस्न थालेपछि तरलता ब्यवस्थाप गर्न बैंकहरुलाई समस्या भइरहेको छ। यही कारण बैंकहरुले दैनिक रुपमा राष्ट्र बैंकसँग ५ प्रतिशत ब्याजमा पैसा ल्याएर तीन प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गरिरहनु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर