
काठमाडौ । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन मार्फत डिम्याट खाता खोल्न पाउने भएका छन । ग्राहकको सहजताका लागि बैकले यस्तो सुविधा ल्याएको हो । डिम्याट खाता बैंकको वेभसाइटको एप्लाई नाउ सेक्सन मार्फत खोल्न सकिने छ ।
बैंकमा खाता हुनेले बैंकमा नगई खाता नम्बर प्राप्त गर्न सक्नेछन । अन्य बैंक खाता रहेकाले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरिसकेपछि परिचय खुल्ने कागजात सहित बैंकको पायक पर्ने शाखामा गई डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन ।
कोभिड महामारीको जोखिम कायमै रहेकाले अनलाइन प्रणाली सुरु गरिएको बैंकको भनाई छ ।