२०८१ माघ २४ बिहीबार

उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सोमबार दिउँसो काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेका छ । विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भएको÷नभएको नियमित नियमन गर्नुपर्ने छ भने विद्यालय खोल्नु पूर्व स्थानीय तहहरूले अभिभावकहरूसँग छलफल गर्नुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका थिए । धेरै विद्यार्थीहरू अनलाइन कक्षा लिनुबाट बञ्चित भएको भन्दै भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने स्थिति रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय