२०८१ माघ २५ शुक्रबार

काठमाडौं। होटल याक एण्ड यतीले नेपालीलाई लक्षित गर्दै लन्च प्याकेज सार्वजनिक गरेको छ। होटलले सोमबारदेखि ‘याक एण्ड यती साइड बोर्ड लन्च’ प्याकेज सुरु गर्न लागेको बिक्री तथा बजार प्रबन्धक सागर चन्द्र बान्तवा राईले बताए।

यो प्याकेजमा ग्राहकले १५ सय ५५ रुपैयँमै फाइभ स्टारको स्टार्टर, सुप, मेनकोर्स, डेजर्ट पाइने उनले जानकारी दिए। ‘व्यस्तताको बावजुद पनि कर्पोरेट क्षेत्रमा कम गर्दै आउनु भएका र खानाको पारखीलाई मध्यनजर गर्दै हामीले क्विक लन्च प्याकेज सुरु गर्न लागेका हौँ। यहाँ आएर पाहुनाले छोटकरी बैठकसँगै सेमी बुफेटको सुविधा लिन सक्नु हुनेछ,’ उनले भने।

हरेक दिन (सोमबार-शुक्रबार) सुरु हुन लागेको योजना होटलको स्पाइस रुममा दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म लागु हुने उनले बताए। पाहुनाको माग आए अनुसार निकट भविष्यमा फुल बुफेट सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय