२०८१ माघ २५ शुक्रबार

काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसंग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसंग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।

बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरण्ीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय