२०८१ चैत्र ४ सोमबार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता सङ्कट समाधानका लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ ।सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता पठाउने गर्छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता देखिएको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई रिपोमार्फत तरलता पठाउँदा ५ प्रतिशतलाई न्यूनतम आधार बिन्दु मानेर त्यो भन्दा माथि ब्याज कबोल गर्ने बैंकहरुलाई रकम उपलब्ध गराउँछ । बैंकिङ्ग प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने साधन रिपो हो ।

रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय