२०८१ मंसिर २२ शनिबार

काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै एक नयाँ उपभोक्ता योजना ‘बर्जर फेस्टिभ राइड’ प्रारम्भ गरेको छ ।
यो योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरिदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट पक्का उपहार प्राप्त गर्नेछन् ।

यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफजेड २५ मोटरसाइकल जित्न सक्ने छन् । यसैगरी अन्य आकर्षक उपहारहरुमा एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कुटर, २ जनालाई सामसुङ एस२१ मोबाइल र ५० जनालाई सामसुङ एम ०२एस मोबाइलहरु प्रदान गरिनेछ ।

यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरुी र इजी क्लिन रेन्जको उत्पादनहरु खरिद गर्दा लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय