
काठमाडौं– काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने स्थानीय किसानहरुलाई किसान कृषि विकास बैंकको कृषि क्रेडिट कार्ड वितण गरिएको छ ।
उनीहरुलाई आवश्यक प्रकृया पुरा गरेर कृषि सम्बन्धी बेचबिखनदेखि विउ, मलखाद र मौसम समेत जानकारी हुने व्यवस्था समेतको किसान क्रेडिट कार्ड प्रदान गरिएको हो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रारम्भिक रुपमा ८३ वटा कार्ड किसान ग्राहकहरुलाई उपलव्ध गराउनु भएको हो ।
दक्षिणकाली नगरपालिका वडा नं ३ का वडा अध्याक्ष शिवभक्त बलामीको उक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण सहकारीका अध्यक्ष लक्ष्मी देवकोटा अतिथीको रुपमा रहनु भएको थियो ।
स्थानीयहरुको बाक्लो उपस्थीति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाईदाका बारेमा प्रकाश पार्दै बैंकले उपलब्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु सञ्चालन गर्ने समेत बताउनु भयो ।
उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पुरानो विद्युत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गर्नुभयो ।
उक्त कार्यक्रमका सभापति तथा वडाअध्यक्ष बलामीले बैंकले उपलब्ध गराएको सेवाप्रति आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि बैंकले यस्तै प्रकृताका सेवाहरु विस्तार गर्दै जान सकोस् भन्दै बैंकको थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंकका विभागीय प्रमुखद्वय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सद्भावनादुत आश्रा कुँवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादव, कृषि विकास बैंकका अन्य कर्मचारीहरु उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा कृषि विकास बैंक,बागमति प्रदेशका प्रदेश प्रमुख जगदिश्वर पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कृषि विकास बैंक, शाखा कार्यालय कालिमाटीका प्रबन्धक बेदानन्द दाहालले गर्नु भएको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलद्वारा प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।