२०८२ असार ३ मंगलवार

काठमाडौं । पाचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । महिला उद्यमी महासंघले आयोजना गरेको मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुवल माध्यमबाट उद्घाटन गर्नुभयो ।

‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ महिला उद्यमी महासङ्घको आयोजनामा सुरु भएको महिला उद्यमी व्यापार मेला भदौ २१ गतेसम्म आयोजना हुने महासङ्घका अध्यक्ष रिता सिंहले जानकारी दिनुभयो । पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला काडमाडौंमा शुरु भएको छ ।

महासंघकी अध्यक्ष रिता सिंहले मेलाले महिला उद्यमीलाई अनलाइनमार्फत बजारीकरण गर्न सहयोग गर्ने बताउनुभयो । भदौ २१ गतेसम्म चल्ने मेलामा ७९ स्टल रहनेछन् । ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र २२ जिल्लाका महिला उद्यमी संघहरुको प्रतिनिधीत्व गर्ने स्टल रहनेछ ।

हाते कागज, काष्ठजन्य वस्तुहरु, गरगहना, सजावटका सामग्री, ढाका लगायतका सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय