
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेस गरेको उपलक्ष्यमा कम्पनीसँग राम्रो कारोबार गर्ने ४ फार्महरूलाई पुरस्कृत गरेको छ । गाउँ गाउँसम्म पुगेर मुक्तिनाथ कृषि कम्पनीसँग किसानलाई जोडाउन सफल समूहहरूलाई छनोट गरी पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।
पुरस्कृत हुनेमा भ्युटावर तरकारी समूह काठमाडौँ, तमोर कृषि भण्डार झापा, जय किसान मार्ट एन्ड एग्रो कपिलवस्तु, गणपति एग्रीकल्चर प्रालि धादिङलाई विभिन्न क्याटागरि छुट्याई अवार्ड वितरण गरेको हो । कम्पनीले कार्यालयका उत्कृष्ट ४ जना कर्मचारीहरूलाई पनि पुरस्कृत गरेको छ ।
कार्यक्रममा बोल्दै मुक्तिनाथ कृषि कम्पनीको सिइओ सलिल कुमार श्रीवास्तवले किसानलाई फाइदा पुग्ने भिजनका साथ काम गरिरहेको बताए । ‘हामी मुक्तिनाथलाई एउटा ‘प्रोफेशनल’ कृषि कम्पनीको रूपमा चिनाउन चाहन्छौँ । र, हाम्रो प्राथमिकता पनि कृषिमा दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । जसको प्रत्यक्ष वा परोक्ष प्रभाव कृषिमा पर्छ ।’ उनले भने ।
मुक्तिनाथ कृषि कम्पनी लिका संचालक तुलसीराम ढकालले नेपालमा कृषि क्षेत्रको विकासका लागि पवित्र सोचका साथ यस कम्पनीको स्थापना गरिएको बताए । कम्पनी सन् २०१८ मा स्थापना भएको हो । तीन वर्षमा यस कम्पनीले व्यावहारिक ज्ञान, सिस्टम र दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ प्रयासरत रहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीका करिब एक सय ६० भन्दा बढी प्रोडक्ट छन् । जसमा, फार्म हाउस तथा कृषिका उपकरण, मलदेखि बीउबिजनसम्म रहेको छ । कम्पनीले रासायनिक मल, बीउबिजन तथा प्राविधिक सेवादेखि चार÷पाँच विधामा भने सशक्त रूपमा काम गरिरहेको छ ।