२०८१ मंसिर २३ आईतवार

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष ०७७–०७८ मा राजस्व चुहावटतर्फ झण्डै २० अर्ब रुपैयाँ बराबरको मागदाबी सहित अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ५४ वटा मुद्दामा ३ सय १७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँ विगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो ।

विदेशी विनिमयतर्फ विभागले ५४ वटा मुद्दामा १ सय १४ जनालाई प्रतिवादी बनाउँदै ४ अर्ब ९४ करोड रुपैयाँको मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ । यस्तै विभागले आर्थिक वर्ष ०७६÷७७ मा ९७ वटा मुद्दामा ३ सय २० प्रतिवादीविरुद्ध राजस्व छली गरेको आरोपमा १५ अर्ब १५ करोड रुपैयाँ बराबरको विगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान विभागको अधिकार क्षेत्रमा परिवर्तन भएकाले विगो अनुमान बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय