
काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७४.०५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले सात करोड ३० लाख रुपैयाँमात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद व्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४.३५ प्रतिशत र ७३.०३ प्रतिशतले बढेको छ ।
असारसम्म ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको पोखराले पाँच अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी पाँच रुपैयाँ २३ पैसाले बढाएर १३ रुपैयाँ १९ पैसा पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४१ पैसा छ ।