२०८१ चैत्र २ शनिबार

बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गरी ग्राहक महानुभावहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित सुविधा ल्याएको हो ।

यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहक महानुुभावहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ ।

हाललाई यस प्रबिधि मार्फत ग्राहक महानुभावहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नुहुनेछ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

साथै, आफ्नो ग्राहक महानुभावहरुलाई प्रविधिमैत्री सेवा तथा सुबिधा उपलब्ध गराउने क्रममा यस बैंकले नयाँ नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेवबाट प्रयोग गर्न सकिने मोबाईल बैंकिङ्ग, संस्थागत ग्राहक महानुभावहरुलाई लक्षित गरी इन्टरनेट बैंकिङ्ग, १०० भन्दा बढि स्थानहरुमा छुटको ब्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्र्तराष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै (Free Fire, Prime Video, Walmart, NETFLIX, PUBG, amazon, Alibaba, Google Play Store, Facebook, iCloud, Google) मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने eCom प्रिपेड कार्ड तथा अन्य ग्राहक मुखी सेवा तथा सुविधाहरुमार्फत बैंकिङ्गको परिस्कृत अनुभव ग्राहक महानुभावहरु बीच ल्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय