२०८१ माघ ११ शुक्रबार

काठमाडौ । डिशहोम फाइबरनेट बनेपामा पनि विस्तार भएको छ । कम्पनीले यो सेवा हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै विस्तार गरिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बनेपा पुगेको र छिटै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, वीरगन्जलगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १ सय एमबीपीएससम्म उपलब्ध छन ।

डिशहोम फाइबरनेट देशबासि माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताको माग पुरा गर्न सन २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय