२०८१ माघ ११ शुक्रबार

काठमाडौँ- काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले भर्चुअल माध्यमबाट प्रथम पटक जब फेयर आयोजना गर्ने भएको छ।

अगस्ट २५ देखि २७ सम्म जब फेयर आयोजना हुने छ । व्यवस्थापन संकायमा उत्कृष्ट स्थान हासिल गर्दै आएको कुसोमले हरेक वर्ष कुसोम जब एण्ड इन्टर्नसीप फेयर (केजेआइएफ) आयोजना गर्दै आएको छ। सो मेला कुसोम प्लेसमेन्ट सेलको नेतृत्वमा सन् २०११ देखि आयोजना हँदै आएको र यो दसौं वार्षिकोत्सव र नवौँ संस्करण रहेको छ। गतबर्ष आयोजित मेलामा भने ३५ कम्पनी र लगभग २०० विद्ध्यार्थीको सहभागिता थियो।

आफ्नो संस्थामा आवश्यक जनशक्ति पदपुर्ति सो मेलाबाट कम्पनीहरुले गर्न सक्नेछन् भने विद्ध्यार्थीहरुले आफ्नो रुचीको कम्पनीमा दरखास्त दिन सक्नेछन्। यस वर्ष पनि मेलामा बिभिन्न कम्पनी र संघसंस्थाहरुको सहभागिता रहेको छ। मेलामा लगभग ५० कम्पनीहरुको सहभागीता हुने अनुमान छ। सहभागी कम्पनी मध्ये सिप्रदि, युनिलेभर, एमएडब्ल्यु इन्टर्पाइजेज, होम लोन एक्सपर्टस्, क्लाउड फ्याक्टोरी, स्ट्याण्डार्ड चार्टर्ड बैंक, ट्रू नर्थ एसोसिएट्स्, मेगा क्यापिटल आदि रहेका छन्।

कम्पनीहरुले यस मेलामा सहभागि हुन कुसोम पलेस्मेन्ट सेलको सामाजिक सञ्जाल वा आधिकारीक ई-मेलमा सम्पर्क गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय