२०८१ माघ ८ मंगलवार

काठमाण्डौ । सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।

आईतवार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो । युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमीकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।

युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । नेपाल सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्छ, सामाजिक सुरक्षा ऐन लागू गर्न भन्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखामा बारम्बार ताकेता गर्दा ठेकेदारलाई केही भन्न नसक्ने र ठेकेदारलाई झनै प्रोत्साहन गरेकोले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ, यो सांकेतिक मात्रै हामी भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ । उहाँले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय