काठमाडौं । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसलद्वारा नेपाल एसबीआई बैंकलाई बेस्ट कर्पोरेट बैंकिङ सोलुसन्स नेपाल अवार्ड २०२१ प्रदान गरिएको छ । उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रूपमा प्रदान गरिन्छ ।
सन् १९९३ मा स्थापित नेपाल एसबीआई बैंकले आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई ५१ जिल्लामा फैलिएका १ सय १८ आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ ।