२०८१ पुष २९ सोमबार

लेबनान । संयुक्त राष्ट्रसंघले लेबनानमा आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको बताएको छ ।

उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को खाँचो रहेको भन्दै राष्ट्रसंघले आवश्यक पहलका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।

राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले देशको जनसङ्ख्याको ७८ प्रतिशत अहिले गरिबीको चपेटामा परेको बताएको छ । यो अनुपात गत वर्षको तुलनामा ५५ प्रतिशतभन्दा बढी हो ।

अत्यधिक गरिबी लेबनानको जनसङ्ख्याको अनुमानित ३६ प्रतिशत पुगेको ओसिएचएले बताएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लेबनानमा बसोबास गर्ने २ लाख १० हजार आप्रवासी कामदारहरूमध्ये लगभग १लाख २० हजारलाई मानवीय सहयोगको खाँचो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर