
काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको हो ।
संयुक्त विद्यार्थी संगठनले मंगलबार रीक्षामा सहभागि हुने परिक्षार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग माग गरेका थिए । चीनबाट थप खोप आएपछि परिक्षार्थीलाई खोप दिइने भएको छ । विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने जनाएको छ । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।