
काठमाडौं । फरक स्वादमा रहेको मार्सी बियार बजारमा आएको छ । टाइगर्स ब्रुअरीको उत्कृष्ट उत्पादन मार्सी बियर नेपाली बजारमा सर्वत्र उपलब्ध भएको हो । ‘मार्सी चामल’को मागसँगै सोही मार्सी चामलले बनेको मार्सी बियर ‘मार्सी प्रिमियम’, ‘मार्सी स्ट्रङ्ग’ र ‘मार्सी झ्याप’ जस्ता तीन ब्राण्डमा बजारमा आएको छ ।
यो विशुद्ध नेपाली उत्पादन हो । नेपाली माटोको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा फरक स्वादमा रहेको बताइन्छ । यो ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध छ ।
मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीको दाबी छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न स्वाद आउँदैन । तर, मार्सी बियरमा त्यस्तो छैन । यो जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा स्वादमा मिठो रहेको कम्पनीको दाबी छ । यसको स्वाद मिठो र लामो समयसम्म मुखमा रहिरहने जानकारी बियरका विज्ञहरूले प्रमाणित गरिसकेका छन् ।