२०८१ चैत्र २ शनिबार

काठमाडौं– सरकार सञ्चालनको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

सिंहदरवारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुले संयुक्तरुपमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा सत्तारुढ दल सम्मिलित कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा नीति तथा कार्यक्रम वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रमाम प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सत्तारुढ दलका नेताहरु, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यदलले दुई दिनअघि नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई हस्तान्तरण गरेको थियो ।

सत्तारुढ दलले नेता खड्काको संयोजकत्वमा कांग्रेस नेता डा। मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव तथा केशवराज जोशी सदस्य सचिव रहेको कार्यदल बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय