२०८१ माघ २७ आईतवार

काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा अर्थमन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो ।

बैंक मोटाउने तथा देश र जनता गरिब हुँदै जाने अवस्था आएको उल्लेख गर्दै उहाँले त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गर्नुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले अनुचित खर्च खटौति गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्न सुझाव दिनुभयो ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्था सहजीकरण गरेर अघि बढन राष्ट्र बैैंकलाई आग्रह गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले ग्रामिण क्षेत्रमा लगानीको वातावरण बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताएका थिए । समितिले मौद्रिक नीतिका बारेमा पूर्व अर्थमन्त्रीसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय