२०८१ माघ २५ शुक्रबार

प्रभु बैंक लिमिटेडले सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । यसैक्रममा सो बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM) बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

मेशिन (Cash Recycle Machine) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ । मेशिन (Cash Recycle Machine) बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथै उक्त मेशिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै (Real Time) उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंकबाट सञ्चालनमा ल्याइएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स (Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय