२०८१ माघ २५ शुक्रबार

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर ठिमी नगरपालिकाको गठ्ठाघर एंव् धादिङ निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बिच बजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २३ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेकोछ । ‘सबैकालागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय