
काठमाडौ । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्य भएको छ । सो अवसरमा इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारी अनुसार दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवै तर्फका सदस्य संस्थाको सक्रिय सहभागिता गराउने, विज्ञापन व्यवसायीले विज्ञापन गर्दा आर्थिक न्यूज पोर्टसहित आर्थिक मिडियाहरूलाई प्राथमिकता राख्ने, आर्थिक मिडियाले पनि विज्ञापन व्यवसायीलाई प्राथमिकतामा राखेर व्यवसायिक साझेदारी गर्ने बाताबरण बनाउने, विज्ञापन बजारको विस्तार र विकृति न्यूनीकरणका लागि संयुक्तरुपमा पहल गर्ने लगायतका छन ।