२०८२ बैशाख ११ बिहीबार

सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूको लामो लाइन बसी IPO फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले सहजतासहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने IPO मा आवेदन दिन सकिने सेवाको आरम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार IPO खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् । COVID-19 महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट क्ष्एइ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी NIC ASIA MoBank बाट IPO आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ताहरूले एपभित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नेछन् । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी IPO आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर IPO आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर IPO भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले NIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोलि समयमै IPO भर्ने सुविधाबाट लाभान्विन हुन सक्नेछन् । साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेर समेत IPO आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहक महानुभावहरूले NIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि÷एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नेछन् ।

यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी आर्थिक वर्ष २०७६/७७ मा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर