२०८१ मंसिर २१ शुक्रबार

ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ् गा.वि.स. (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवद्र्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैँकसहित ७ बैँकहरुले रु.७०० करोड रुपैयाँ (रु.६७५ करोड आवधिक कर्जा र रु.२५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु.९ अर्ब मा बैंकहरुले ७५ः२५ को ऋण:स्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. १ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु. १ अर्ब, मेगा बैंकबाट रु. १ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट रु. १ अर्ब नेपाल एस.बि.आइ बैंकबाट रु. ८० करोड, सिद्धार्थ बैंकबाट रु. १ अर्ब, र सिभिल बैंकबाट रु. ५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने भएको छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ, जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रत्रृmया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय